Section 28
दिशान्तर गर्दा विचार गर्नु पर्ने
दिशान्तर गर्दा देहायका कुरा विचार गर्नु पर्नेछ ः-
(क) बालबालिकाले कसूरजन्य कार्य गरेको स्वीकार गरेको,
(ख) सम्बन्धित बालबालिका, निजको बाबु, आमा र बाबु आमा नभए परिवारका अन्य सदस्य वा संरक्षकको सहमति,
(ग) पीडित पक्षको यथासम्भव पुनर्स्थापना हुने गरी निजको सहमति प्राप्त भएको,
(घ) कसूरजन्य कार्यको प्रकृति र सो कार्य गर्दाको परिस्थिति, घटनाको गाम्भीर्यता, बालबालिकाको उमेर, परिपक्वता र बौद्धिक स्तर, पारिवारिक वातावरण तथा पीडितलाई पुगेको क्षति र निजको पुनर्स्थापनालाई आधार लिनु पर्ने।